विद्यालयबाटै बालबालिका लैजाने क्रम बढ्दो

November 19, 2006

आँखामा पट्टी बाँधेरसमेत लगियो
काठमाडौं, मंसिर २ - माओवादीले फकाउँदा नमान्नेलाई आँखामा पट्टी बाँधेरसमेत छापामारमा भर्ती गर्न लगेका छन् । विद्यालयबाटै बालबालिकालाई नियन्त्रणमा लिई लैजाने क्रम बढेको छ । अभिभावकहरू छोराछोरी फिर्ता ल्याउन पहल गरिदिन अधिकारकर्मी र सञ्चारकर्मीसँग आग्रह गर्न थालेका छन् । अभिभावकहरूको विरोधपछि रौतहटमा माओवादीले २४ बालबालिकालाई फिर्ता

गरेका छन् ।

अर्घाखाँचीमा माओवादीले भर्ती हुन जान नमान्नेलाई अपहरण शैलीमा आँखामा पट्टी बाँधेरसमेत लगेका हुन् । प्रत्यक्षदर्शीका अुनसार पट्टी बाँधिएकालाई ट्रकमा राखेर पाल्पाको देवीनगरस्थित शिविरतर्फ लगिएको छ । लगिएकामा बालबालिका र किशोरकिशोरी छन् । ‘त्यसरी लगिएकाहरू रुँदै गएका छन्,’ प्रत्यक्षदर्शीले कान्तिपुरसँग भने- ‘बलपूर्वक हतियार देखाएर लगे ।’ फकाउँदा पनि जान नमान्नेलाई उनीहरूले आँखामा पट्टी बाँधेका थिए । उनीहरूलाई सदरमुकाम ल्याएर बुटवल हुँदै पाल्पा लगेका थिए । लगिएकामा करिब ३ सय ७० बालबालिका र २ सय ४० किशोरकिशोरी छन् । उनीहरू १२ देखि २० वर्षका छन् । सदरमुकाम सन्धिखर्क, किमडाँडा, डिभर्ना, पाली, अडगुरी, बल्कोट, केरुंगा, खनदह गाविसबाट माओवादीले भर्तीका लागि लगेका छन् । स्कुले विद्यार्थीमा जनज्योति उच्चमावि कक्षा १० का वसन्त राना, ९ का उमा विक र विजय मावि डिभर्नाका देवीबहादुर थापालगायत छन् । अभिभावकलाई जानकारी नै नदिई उनीहरूलाई स्कुलबाट सोझै लगिएको थियो । आक्रोशित अभिभावकहरू सदरमुकाम आएका छन् । उनीहरूले मानव अधिकारवादी र सञ्चारकर्मीलाई छोराछोरी रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

‘जनसेना नपुगेका कारण नयाँ भर्ना गर्नुपरेको हो,’ माओवादी जिल्ला इञ्चार्ज कुशलको भनाइ उद्धृत गर्दै स्थानीयवासीले भने ।

उता धादिङमा एकसाता यता ४८ भन्दा बढी स्कुले विद्यार्थीलाई माओवादीले अपहरण गरी छापामारमा भर्ती गर्न लगेका छन् । अपहरित सबै १५ वर्षमुनिका र ५ देखि १० कक्षासम्म अध्ययनरत

छन् । उनीहरू सेमजोङ गाविसको चौतारा मावि, साङकोषको पशुपति मावि र साङकोष मावि, नलाङ गाविसको सिद्धेश्वर मावि र मिन्दुका मावि तथा छत्रेदेउराली गाविसको दशरथचन्द माविका विद्यार्थी हुन् ।

विद्यार्थी राजीखुसी भर्ती हुन आएको दाबी गर्दै माओवादीले उनीहरूलाई काभ्रेको कामीडाँडामा राखिएको जवाफ दिएको एक अभिभावकले बताए ।

माओवादीले स्कुले बालबालिका अपहरण गर्न थालेपछि घरपरिवारमा रुवाबासी चलेको छ । कतिपय अभिभावक छाराछोरी विद्यालय पठाउन डराइरहेका छन् भने पठाउनेले बालबालिकामाथि कडा निगरानी सुरु गरेका छन् ।

धादिङमा क्रियाशील मानव अधिकार तथा शान्ति समाज, पत्रकार महासंघ, मानव अधिकार संगठन, सिनेट नेपाल, छलफल चौतारीलगायत संघसंस्थाले विद्यार्थी अपहरणको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले माओवादीद्वारा मानव अधिकार उल्लंघन भएको भन्दै यथार्थ जानकारी लिन स्थलगत अध्ययन गर्ने बताएका छन् ।

उदयपुरमा पनि माओवादीले सयभन्दा बढी बालबालिकालाई विद्यालयबाटै नियन्त्रणमा लिएका छन् । उनीहरूलाई छापामारमा भर्ती गराउने भन्दै सिन्धुली र खोटाङतर्फ लगेको प्रत्यक्षदर्शीले बताए । बेल्टार-९ माडीवासका १६ वषर्ीय बालकुमार कटुवाल र १७ वषर्ीय कृष्ण थापालाई शुक्रबार हरि कटुवालको नेतृत्वमा आएको माओवादी समूहले अपहरण गरेका थिए । मावि नेपालटारका हरी दाहाललगायत १२ भन्दा बढी विद्यार्थीलाई दुधौलीस्थित शिविरमा लगिएको गाउँलेले बताए । सदरमुकामस्थित असारी क्षेत्रबाट ९ जना, त्रिवेणीबाट १०, कटारीबाट १५, ताम्लिछालगायत गाविसबाट ४८ भन्दा बढी विद्यार्थीलाई लगेका छन् । अभिभावकले बालबालिकालाई फिर्ता गराइदिन जिल्लास्थित अधिकारकर्मी र सञ्चारकर्मीसमक्ष अपिल गरेका छन् । साथै माओवादीसमक्ष शीघ्र रिहाइको आग्रह गरेका छन् ।

जिल्लास्थित इन्सेक कार्यालयका अनुसार माओवादीले बसाहा, मुर्कुची, मौवासी, कटारीलगायत क्षेत्रमा जनमिलिसियाको पाँचदिने तालिम दिई छापामारमा भर्ना गर्न लगेका छन् । केही विद्यार्थी भने तालिम गर्न नसकी माओवादी कब्जाबाट भागेर घर फर्केका छन् । माओवादीका जिल्ला स्तरीय नेता यदुले भने छापामार भर्नाको कार्यक्रम नरहेको जिकिर गरे ।

यस्तै, संखुवासभामा एकै विद्यालयबाट १३ विद्यार्थीलाई नियन्त्रणमा लिई लगेका छन् । छापामारमा भर्ती गर्न भन्दै माओवादीले याफू गाविसस्थित महेश्वरी माविबाट कक्षा ५ देखि ९ सम्म अध्ययनरत १३ विद्यार्थीलाई जबर्जस्ती लगेका हुन् ।

लगिएकामा मदन राई, रुद्रबहादुर राई, पूर्ण राई, मानबहादुर राई, हस्तबहादुर विश्वकर्मा, भीमकुमार राई, दीपक राई, हर्कबहादुर राई, दीपराज राई, शुभराज राई, उत्तर राई, एकराज राई छन् भने एकको नाम खुलेको छैन ।

संखुवासभामा २ सय ५० बढीलाई छापामारमा भर्ती गरिएको जिल्लाको सुरक्षास्रोत र अधिकारकर्मीहरूको सञ्जालले जनाएको छ । जिल्लाको मानव अधिकार शान्ति तथा विकास प्रवर्द्धन समितिका संयोजक खड्ग राईले बाल सेना भर्ना रोक्न माग गरिएकोमा माओवादीबाट बेवास्ता भइरहेको भन्दै खेद व्यक्त गरेका

छन् । माओवादीले भने जबर्जस्ती नगरिएको र १८ वर्षमाथिकालाई मात्र भर्ना गरेको दाबी गर्दै आएको छ ।

उता दैलेखमा माओवादीले ठाँटीकाँध र लाकुरीमा भर्ती केन्द्र राखेका छन् । करिब ४ सय किशोरकिशोरीलाई छापामारमा भर्ती गरिएको छ । उद्योग वाणिज्य संघमा गत तीन वर्षदेखि मासिक १ हजार ज्यालादारीमा काम गर्ने नारायण नगरपालिका-६ भुर्तीका २० वषर्ीय धु्रव थापा स्वतः सरकारी सेनामा जान पाइने भन्दै सुर्खेत दशरथपुरमा स्थापना गरिएको माओवादीको छैटौं बि्रगेडमा सामेल भएका छन् । दुल्लु, नेपा, पादुका, बडलम्जी, गमौडीलगायत गाविसबाट ४८ विद्यार्थीलाई लगेका छन् । भर्ती अभियान शान्तिवार्ता आचारसंहिताविपरीत भन्दै जिल्लास्थित कांग्रेस र एमालेले विरोध जनाएका छन् ।

माओवादी जिल्ला जनसरकार प्रमुख नयाँराम थापाले विभिन्न पेसागत तथा भ्रातृ संगठनको खाली स्थान पूर्ति गर्नुपरेकाले छापामार नभई मिलिसिया भर्ती अभियान चलाइएको बताए ।

बाह्र अपहृत

November 17, 2006

सरकार-माओवादी सहमति आचारसंहिताविपरीत माओवादी कार्यकर्ताहरूले मोरङको सुन्दरपुर दुलारीबाट आकर्षक तलब दिने लोभ देखाई जनसेनामा भर्ती गराउन आठ युवायुवतीलाई अपहरण गरेका छन्।

 

 

माओवादीले सर्वसाधारणको घरघरमा गई अभिभावकलाई समेत धम्क्याएर अपहरण गरेका थिए। अभिभावक अम्बिका दाहालको जानकारीअनुसार सुन्दरपुरका अपहृत मनोज गिरी, सन्तोष लामिछाने विष्णु दाहाल स्कुले विद्यार्थी हुन्। अपहृत अन्यमा दुलारीका राजदेवी चौधरी, कमल विश्वकर्मा, राजु अधिकारी, भरत तामाङ सानु मिझार रहेका छन्।

 

 यस्तै माओवादीले धादिङको सेमजोङ गाविसस्थित चौतारा माविमा कक्षामा अध्ययनरत जुजुमाया तामाङ, फूलमाया तामाङ, दिलमाया तामाङ तथा मिन्दुका माविका कक्षा का छात्र साने नेपालीलाई पनि अपहरण गरेका छन्।

मेरो बारेमा

माओबादी ज्यादतीको भन्डाफोर र लोकतन्त्रको पक्षमा रहेका कलमजिबीहरुलाई मेरो Blog मा तपाईलाइ स्वागत छ!

शान्ति सम्झौता सर्‍यो

सरकार र माओवादीबीच ऐतिहासिक समझदारीबमोजिम बिहीबार हुने भनिएको शान्ति सम्झौता गृहकार्य नसकिएकाले मंसिर ५ गतेभित्र गर्ने सहमति भएको  दुवै पक्षले जनाएका छन् ।

शीर्ष नेता र वार्ता टोलीस्तरमा बिहान र दिउँसो भिन्दाभिन्दै भएका वार्तामा माओवादीले अन्तरिम संविधान पनि सँगै जारी गर्नुपर्ने नयाँ सर्त अघि सारेपछि बिहीबार शान्ति सम्झौता हुन  नसकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित कांग्रेस नेताहरूसित भएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्डले अन्तरिम संविधानसँगै शान्ति सम्झौता  जारी गर्नुपर्ने प्रस्ताव राखेपछि त्यससम्बन्धी कार्य अघि नबढेको हो ।

स्रोतका अनुसार माओवादीले पहिल्यै शान्ति सम्झौता हुने हो भने सरकारी पक्षबाट अन्तरिम संविधान जारी गर्न ढिलाइ हुन सक्ने आशंका व्यक्त गरेका थिए । ‘माओवादीले शान्ति  सम्झौता र अन्तरिम संविधान सँगै जारी गर्नुपर्छ भनेकाले ढिलाइ भएको हो,’ स्रोतले कान्तिपुरसित भने ।

प्रधानमन्त्री-प्रचण्ड वार्तामा सहभागी कांग्रेस महामन्त्री रामचन्द्र पौडेलले सात दलसितको समझदारीमा समयतालिकामा सहमति गर्ने तर शान्ति सम्झौता गर्ने बेलामा अन्तरिम संविधान  जारी हुनुपर्ने सर्त राख्नु विरोधाभासपूर्ण रहेको भन्दै रोष प्रकट गरेका थिए । समयतालिकाअनुरूप काम गर्न दुवै पक्ष इमानदार हुनुपर्ने धारणा उनको थियो ।

माओवादीद्वारा वृद्ध अपहरित

काभ्रे, कार्तिक ३० - माओवादीले एक वृद्ध र महिलालाई बुधबार बिहान अपहरण गरेका छन् । महिलालाई भोलिपल्ट छाडे पनि वृद्ध भने अझै माओवादी नियन्त्रणमै छन् ।

डराउने पोखरी गाविस-८ का ६६ वषर्ीय बद्रीप्रसाद हुमागाईंलाई माओवादीले अपहरण गरी दाप्चा बजारमा रहेको माओवादी कार्यालयमा राखेका छन् । उनकै गाउँकी कल्पना  दाहाललाई अपहरण गरी माओवादीले छाडेका हुन् । आर्थिक कारोबारका विषयमा उनीहरूलाई नियन्त्रणमा लिएको बताउँदै माओवादीको दाप्चा क्षेत्रका इन्चार्ज भोला अर्यालले भने- ‘ मानव अधिकारवादी र सञ्चारकर्मीको उपस्थितिमा कारोबार मिलाएर मात्र छोड्नेछौं ।’

हुमागाईंकी पत्नी सावित्रा बनेपास्थित मानवअधिकार संस्थामा अपहरणबारे जानकारी दिन आइपुगेकी थिइन् ।

पतिलाई घरबाट माओवादीले बाँधेर लगेको सावित्राले मानव अधिकारवादीलाई जानकारी दिएको मानवअधिकार तथा वातावरणीय संरक्षण मञ्चका अध्यक्ष कृष्णचन्द्र आचार्यले बताए ।

परिवारमा रुवावासी

काठमाडौं, कार्तिक २९ - माओवादीले आर्थिक प्रलोभनमा पारी छापामार भर्ती गर्न थालेका छन् । उनीहरूले मासिक तलब ८ हजारसम्म पाइने र पछि नेपाली सेनामा गाभिने लोभ देखाउँदै छापामार भर्ना थालेका हुन् ।

प्रलोभनमा परी तेह्रथुमको तीन गाविसका ४२ युवायुवती मंगलबार राति घरबाट भागेर इलामको माओवादी शिविरतर्फ गएका छन् । उक्त समूहमा गएका तीन महिलामध्ये एक अपांगसमेत रहेको पिप्ले गाविसका पूर्वअध्यक्ष ज्ञानबहादुर खत्रीले बताए ।

पिप्ले गाविसबाट मात्रै २२ जना गएका छन् । परिवारले रोक्ने डरले उनीहरू राति १२ बजे घरबाट भागेर गएका थिए । भागेर जानेमा विद्यार्थी सिंहवाहिनी मावि कक्षा ९ का रमेश गडतौला, म्याङलुङ क्याम्पसमा अध्ययनरत महेन्द्र गुरागाईंसहित रहेको स्थानीय खडानन्द गडतौलाले बताए ।

वैदेशिक रोजगारका लागि भिसा आइसकेका पिप्लेका गोपाल दाहाल ८ हजार तलब पाइन्छ भने किन विदेश जाने भन्दै इलामस्थित माओवादी शिविर गएका छन् । त्यस्तै पिप्ले-३ कै छविलाल दर्जी मासिक ८ हजारको प्रलोभनमा परी घरमा एकवर्षे छोरो र श्रीमतीलाई थाहै नदिई शिविर छिरेका छन् ।

सर्लाहीका दर्जनौं गाउँबाट सयौं युवा छापामारमा भर्ती भएका

छन् । माओवादीले सय अमेरिकी डलर तलब र पछि नेपाली सेनामा भर्ना गरिने लोभ देखाएपछि हजारिया, राजघाट, लालबन्दी, नेत्रगन्जलगायत गाविसबाट युवाहरूको ओइरो लागेको छ । भर्ना अभियान चलाएको हल्ला जिल्लाव्यापी छ । भर्ना भएर र्फकेका एक युवकले माओवादीले सामान्य तालिम दिएको बताए । अहिले हरिऔनस्थित चिनी मिलमा सामान्य तालिम दिएको र पछि सिन्धुलीमा विशेष तालिम दिइने जानकारी गराइएको उनले बताए । जिल्ला इन्चार्ज प्रभातले पार्टीद्वारा घोषित युनिफाइड संगठनात्मक अभियान अन्तर्गत संगठित गर्ने काम मात्र भएको बताए ।

चुनाव हुने भएपछि संगठन बढाउने अभियानमा लागेको भन्दै उनले भने- ‘संगठित गर्ने, शुद्धीकरण गर्ने र कार्यकर्ता बढाउने क्रम जारी छ, जबर्जस्ती छापामार बनाउने काम भएको छैन ।’

यस्तै संखुवासभामा सोम, मंगल र बुधबार मात्र थप ३८ भन्दा बढी युवा माओवादी छापामारमा भर्ना भएका छन् । भर्ना भएकी सावित्रा पराजुलीलाई खोज्न आएकी उनकी आमा तुलसालाई माओवादीले जिल्लाको आँखीभुइँ पुगेको अवस्थामा टेलिफोनमा बुधबार दिउँसो कुरा गराएका थिए । माओवादी जिल्ला कमिटी सदस्य सविना भट्टराईले दबाबमा भर्ना नगरिएको दाबी गरिन् । उनले दिदिङ-२ बाट २६ गते लिइएका चार किशोरीलाई बुधबार फिर्ता पठाएको बताइन् । ‘अभिभावकले नमान्दा नमान्दै पनि भर्ना हुन आउँछन्,’ दिदिङ इलाका सचिव बबिताले भनिन् ।

भोजपुरका सयभन्दा बढी विद्यार्थीलाई माओवादीले छापामारमा भर्ती गर्न लगेका छन् । जालपा निमाविका शिक्षक भरत राईका अनुसार खाटाम्मा, चौकीडाँडा र दक्षिण हसनपुरका विद्यार्थीलाई उनीहरूले लगेका हुन् । माओवादीका भोजपुर सहइन्चार्ज निकासले जनवर्गीय संगठन र मोर्चामा आबद्ध सदस्यलाई पूर्णकालीन बनाइएको भन्दै कसैलाई पनि जबर्जस्ती नलगिएको दाबी गरे ।

जबर्जस्ती

उता मोरङ सुन्दरपुर र दुलारी गाविसका १२ भन्दा बढी स्कुले विद्यार्थीलाई माओवादीले छापामारमा भर्ना गर्न बुधबार घरबाट जबर्जस्ती लगेका छन् । छोराहरूलाई तत्काल छाड्न माग गर्दै अभिभावकले सलकपुरस्थित माओवादी पूर्वी कमान्ड कायर्ालयमा एक घन्टा धर्नासमेत दिए । माओवादीले विद्यार्थीहरूलाई अभिभावकसँग भेट गर्न नदिई ट्रकमा हालेर इलामतर्फ लगेको प्रत्यक्षदर्शीले बताए । जबर्जस्ती लगिएका विद्यार्थीहरूमा पञ्चायत मावि गोठगाउँ कक्षा १० मा पढ्ने सुन्दरपुरका सन्तोष लामिछाने, कक्षा ८ का विष्णु दाहाल, साञ्जीलाल उच्च माविमा पढ्ने दुलारीका मनोज गिरी तथा राजदेव चौधरी, कमल विश्वकर्मा, राजु अधिकारी, भरत तामाङ, सानु मिजारलगायत छन् ।

समाचार नलेख्न धम्की

घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारद्वय गोरखापत्रका अम्बर खडका र स्थानीय उद्घोष दैनिकका सुमन पुरीलाई माओवादीले त्यसबारे समाचार लेखे ‘जे पनि गर्न सक्ने’ भन्दै धम्क्याएका थिए । दुलारीका ‘गाउँ जनसरकार प्रमुख’ तुलसी सिम्खडा र सुन्दरपुरका अग्नि सिटौलाले त्यस्तो धम्की दिएको उनीहरूले बताए ।

परिवारमा रुवावासी

बाँके-बर्दियामा गाउँबाट माओवादीले प्रलोभन दिएर र जबर्जस्ती छोराछोरी छापामारमा भर्ती गर्न लगेपछि परिवारमा रुवावासी हुन थालेको छ । नेपालगन्जबाट २५ किलोमिटर उत्तर कोहलपुर गाविस खडकवारस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका १३ बालबालिका लगिएका छन् । चार कक्षामा पढ्दै गरेका बालबालिकालाई समेत लगिएको छ । उनीहरूले अभिभावकलाई जानकारी नदिई स्कुलबाटै बालबालिका लगेकाले अभिभावक र शिक्षकहरू चिन्तित छन् ।

बाँके-बर्दियामा गाउँबाट माओवादीले प्रलोभन दिएर र जबर्जस्ती छोराछोरी छापामारमा भर्ती गर्न लगेपछि परिवारमा रुवावासी हुन थालेको छ । नेपालगन्जबाट २५ किलोमिटर उत्तर कोहलपुर गाविस खडकवारस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका १३ बालबालिका लगिएका छन् । चार कक्षामा पढ्दै गरेका बालबालिकालाई समेत लगिएको छ । उनीहरूले अभिभावकलाई जानकारी नदिई स्कुलबाटै बालबालिका लगेकाले अभिभावक र शिक्षकहरू चिन्तित छन् ।

कोहलपुरबाट उत्तर जंगल छेउको खडकवार र नयाँबस्ती गाउँबाट मंगलबार पाँच जनालाई लगेका छन् । कोहलपुर-४ र ५ बाट बुधबारसम्म करिब सय जनालाई माओवादीले लगेको स्थानीय बासिन्दाले बताए । शमशेरगन्जस्थित राम माविका चार छात्र र एक छात्रा तथा ज्ञानज्योति माविका एक विद्यार्थी लगेका छन् । बर्दियाको आदर्श मावि मोतीपुरका ११ विद्यार्थीलाई लगेका छन् । तीमध्ये चार छात्रा छन् । बाँकेको गौघाटबाट छ जना र बर्दियाको सानोश्रीबाट छ जनालाई लगेका छन् । बर्दिया मोतीपुर-७ की १४ वषर्ीया स्वस्तिका चौधरीलाई माओवादीले लगेपछि परिवारमा रुवावासी चलेको छ । आमा चुनिया चौधरीले भनिन्- ‘खान मन लाग्दैन, दिनरात पीर लागिरहेछ ।’ माओवादीले सन्तान लगेपछि कतिपयका बाबुआमा ४/५ दिनदेखि भोकै छन् । बर्दियामा हजारभन्दा बढी युवायुवतीलाई जनमुक्ति सेनामा जागिर दिने आश्वासन दिँदै माओवादीले सुर्खेत र कैलालीतर्फ लगेका छन् । जिल्लाको सानोश्री, ताराताल, पदनाहालगायत राजापुर टप्पुबाट लगेको स्थानीय स्रोतले कान्तिपुरलाई बतायो । स्रोतका अनुसार बुधबार सानोश्रीबाट मात्रै चार वटा ट्रकमा राखेर युवायुवतीलाई सुर्खेत र कैलालीतर्फ लगिएको छ । रामेछापमा गोठगाउँ-३ बाट लगिएका दुई किशोरीका अभिभावकलाई माओवादीले भेटसमेत गर्न दिएका छैनन् । १३ वषर्ीया सम्झना बुढा र १४ वषर्ीया सानु तामाङका परिवारमा रुवावासी छ ।

Hello world!

Welcome to your new blog. This is your first post. Edit or delete it, then start blogging!

An email has been sent to you giving you details of how to log in to the administration section. From there you can change the design by clicking on the tab MANAGE and then click on the tab THEMES. If you have any questions, ask them in the forums — we are only too willing to help.